असोज १५, गौरीगञ्ज । दसैं अगावै लेरा खोलाको पुल सञ्चालनमा ल्याउन असमर्थ भएपछि गौरीगञ्ज गाउँपालिकाकी उपाध्यक्ष पुजन न्यौपाने कुँवर ले जनता सँग माफ मागेकी छिन् । सामाजिक सञ्जालमा लेख्दै उनले भनेकी छिन् – अथक प्रयासका बावजुद पनि लेहेरा पुलबाट आवज जावत दसैं अगावै गराउन नसकेकोमा सम्पूर्ण गौरिगन्जबासी समक्ष माफी माग्न चाहन्छु ।

हुलाकी सडक अन्तर्गत गौरीगञ्ज ३ स्थित क्याम्पस छेउमा रहेको लेरा खोला को पुलको निर्माण कार्य लामो समयदेखि अलपत्र पर्दा स्थानीय जनताहरुले हैरानी भोग्दै आएका छन् । स्थानीय तहको निर्वाचन पछी नब निर्बाचित उपाध्यक्ष कुँवर र वडा नँ ३ का वडाध्यक्ष श्रवण गिरीले सो पुलको निर्माण सम्पन्न गराउन गत साउन देखि नै पहल गर्दै आएका थिए । केन्द्र स्तरबाट ठेक्का आवहान भएको सो पुल को निर्माण सुचारु गराउन गत साउन मा उपाध्यक्ष कुँवर र वडाध्यक्ष गिरी हुलाकी सडक निर्देशनालय मै पुगेर योजना प्रमुख लाई ध्यानाकर्षण गराएका थिए । त्यस लगत्तै निर्देशनालयले ठेकेदार कम्पनी लाई ताकेदा गरि पुल निर्माण सुचारु गराएका थिए ।

पुल निर्माण सुचारु भएर अहिले अन्तिम चरणमा पुगेको छ ‌ । दसै लागेपछि ठेकेदार कम्पनी का कामदार हरुले काम छोडेर बिदा मनाउन गएपछि पुल दसैं अगावै सञ्चालन हुन नसक्ने भएको हो । दसैँको बिदा सके लगतै पुल सञ्चालन मा आउने कुरा वडाध्यक्ष श्रवण गिरी ले बताएका छन् ।

Ad
Ad
Ad
Ad