असार २५, गौरीगञ्ज ।‌बनियानी खोलाका गौरीगञ्ज वडा नँ १ मा बस्ति क्षेत्र तिर कटान गर्न थाले पछि खोला सोझ्याउन थालिएको छ । पक्की पुल मुनी खोला घुम्रिएर कुञ्जिबारी स्थित बालकल्याण माबि पुर्वको बस्ति क्षेत्र मा खोलाले कटान गर्न थालेपछि खोला सोझ्याउन थालिएको कुरा वडा नं १ का वडाध्यक्ष कार्तिक लाल राजवँशी ले बताएका छन् ।

हुलाकी राजमार्ग मा निर्माण गरिएको खोला माथि को पुल नै साँघुरो भएको र गत असार १४ गते खोलाको बहाव पुलले थेग्न नसकेपछि चौरी स्कुल छेउमा खोलाको पानी सडक माथिबाट बगेको कुरा स्थानीय हरुले बताएका छन् ।

पुल मुनी आधा खोलामा बालुवा थुप्रिएको र सो बालुवा हटाएर खोलाको धर सिधा बनाउँदा खोला वस्ति क्षेत्र तिर कटान गर्न अलिक कम हुने कुरा गौरीगञमजका पुर्व कार्यपालिका सदस्य भिम राजवँशीले बताए ।