चैत १३, गौरीगञ्ज । नेपाली साँगितिक क्षेत्रमा अहिले चर्चामा रहेका गायक बलबहादुर राजवँशी र मेलिना राईको स्वरमा थारु भाषाको म्युजिक भिडियो रिलिज भएको छ ।
मोडेल तथा कलाकार करन चौधरीको अफिसियल युट्युब च्यानलबाट शुक्रबार रिलिज भएको म्युजिक भिडियोमा करन चौधरी र आरजु चौधरीलाई अनस्क्रिन देख्न सकिन्छ । म्युजिक भिडियोको निर्देशन कार्तिक राजवँशी ले गरेका छन् भने क्यामेराग्राफी धिरेन शाहले गरेकाछन् ।
गीतमा बलबहादुर राजवँशीले नै सँगित भरेका छन् भने शव्द रचना करन चौधरीकै रहेकोछ ।