कार्तिक ३ गौरीगञ्ज । रोउ भन रोइ दिन्छु हाँस भन हाँसि दिन्छु, माग तिमी मसँग जे छ ! परानै मागे परानै दिन्छु ……. । केहि समय अघि मेलिना राइ र हरि लम्सालको भोकलमा बजार पिटेको यस गितलाइ गायक बलबहादुर राजवँशी र एलिना चौहानले पुन: आफ्नो आवाजमा रिरेकर्ड गरि अनप्लग्ड भर्सन बजारमा ल्याएको छ । सोमबार बिहान ट्वेल्भ नोट्स युट्युब च्यानलबाट सो अनप्लग्ड भर्सन को लिप्सिङ् म्युजिक भिडियो सार्बजनिक गरिएको छ ।
रियान कार्की द्वारा निर्देशित भिडियोमा गायक बलबहादुर राजवँशी र गायिका एलिना चौहानको अनस्क्रिन रोमान्स देख्न सकिन्छ । प्रल्हाद शाहको शब्द रचना रहेको गीतलाइ हरि लम्सालले सँगितबद्ध गरेका छन् । यस गितको अरिज्नल भर्सनमा भने दयाहाङ राइ र लक्ष्मी बर्देवाले स्क्रिन प्ले गरेका थिए ।
हेर्नुहोस अनप्लग्ड भर्सन को भिडियो –
प्रतिक्रिया लेख्नुहोस्