बलबहादुर र अस्मिताको मनकी मञ्जरी सार्वजनिक

भदौ ७, गौरीगञ्ज । अहिलेका चर्चित समकालिन गायक द्वय बलबहादुर राजवँशी र अस्मिता अधिकारी को स्वरमा नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । मनकी मञ्जरी बोलको सो गीतको म्युजिक भिडियो सोमबार गायक बलबहादुर राजवँशी को अफिसियल युट्युब च्यानल बाट सार्वजनिक गरिएको हो ।
म्युजिक भिडियोमा राजकुमार क्षेत्री र गरिमा शर्मा को अनस्क्रिन रोमान्स देख्न सकिन्छ भने म्युजिक भिडियोमा निकेश खड्काको निर्देशन गरेकाछन् ।
रमेश मास्कको शब्दमा सजिएको गीतलाई गायक राजवँशीले नै लयबद्ध गरेकाछन् ।

अघिल्लो लेखमाशिवसताक्षी नगरपालिका, मुलुककै बेरुजु कम गर्ने पालिकामध्ये पहिलो स्थानमा
अर्को लेखमाखाना पकाउने ग्याँस सहित फेरि बढ्यो प्याट्रोलियम पदार्थको मूल्य