माघ २०, झापा । कोच राजवंशी भाषाको साँगितिक क्षेत्रमा सुपरिचित गायक बलबहादुर राजबँशी र अनु चौधरी को स्वरमा रहेको गीतको म्युजिक भिडियो सोमबार सार्वजनिक भएको छ । सो म्युजिक भिडियो गायक बलबहादुर राजवँशी को अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
तुइ मोर जीन्दगी बोलको उक्त कोच राजवँशी भाषाको म्युजिक भिडियो मा झापाली मोडल निर्जा राजबँशी र सुर्य कोचको अभिनय देख्न सकिन्छ । केशब राजवँशीको निर्देशन र कोरियोग्राफी मा बनेको सो म्युजिक भिडियोमा रोशनी तामाङ्को सह निर्देशन रहेको छ । राज श्रेष्ठ र बिजे श्रेष्ठ को कलात्मक क्यामेराग्राफी र सम्पादन तथा झापाको बिर्तामोड क्षेत्र आसपासको मनमोहक दृश्य छायांकन ले म्युजिक भिडियो उत्कृष्ट बनेको छ ।
गीतमा तुलसी राजवँशी को शब्द र गायक बलबहादुर राजवँशी कै सँगित रहेको छ भने गीतलाइ नक्साल काठमाडौं स्थित एकोस्टिक स्टुडियो मा रेकर्ड गरिएको छ ।