माघ २२, गौरीगञ्ज । प्रचण्ड- माधब समुहले आब्हान गरेको आम हडतालको क्रममा झापाको बिर्तामोडमा बन्दकर्ताले एउटा कार तोडफोड गरेका छन् । बन्दकर्ता हरुले विर्तामोडको पश्चिम बस स्टेन नजिकै मे १ च १९४२ नम्बरको कार तोडफोड गरेका हुन् ।
घटनामा नेकपाका विद्यार्थी नेता मदन भट्टराईको हातमा चोट लागेको छ । गाडी तोडफोड भएपछि प्रहरी टोली तत्काल घटनास्थलमा पुगेको थियो ।