बनियानी खोलाले बगाउँदा एक बालक बेपत्ता

पढ्न समय: 1 मिनेट

असार १२ गौरीगञ्ज । गौरीगञ्ज वडा नँ १ स्थित बनियानी खोलाले बगाउँदा एक बालक बेपता भएका छन् । बेपता हुनेमा वडा नँ १ झोलुँगे टोलका बेद बिकका १३ बर्षिय छोरा मिलन बिक रहेको कुरा प्रहरीले जनाएको छ ।
आझ साँझ ६ बजे तिर साथीहरुसँग खोला तर्ने क्रममा बालकलाइ खोलाले बगाएको कुरा स्थानियहरुले बताएका छन् । अहिले जनपद प्रहरी र सशस्त्र प्रहरी तथा स्थानियहरुको सहयोगमा खोलामा बालकको खोजी कार्य जारि रहेको कुरा गाउँपालिका उपाध्यक्ष पुजन न्यौपाने कुँवरले जनाएकी छन् ।

- Advertisement -
Ad image
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्