माघ २८, काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । बुधबार राती १२ बजेदेखि लागु हुनेगरी नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य २÷२ रुपैयाँले र खाना पकाउने ग्यास मा प्रति सिलिन्डर २५ रुपैंया बढाएको हो ।

एलपी ग्यास प्रतिसिलिन्डर २५ रुपैयाँले महँगिएर प्रति सिलिन्डर १ हजार ४ सय रुपैयाँ पुगेको हो ।

अन्तराष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपाली बजारमा पनि मूल्य बढाउनु परेको निगमले जनाएको छ । बढाइएको मूल्यमा बिक्री गर्दा पनि पेट्रोल, डिजेल र एलपी ग्यासमा नोक्सानकै अवस्था रहेको निगमले जनाएको छ ।