भदौ ३, गौरीगञ्ज । गौरीगञ्ज गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०/०८१ का लागि बृद्धि गरेको एरिया निकासी कर र मालपोत कर फिर्ता नलिए आन्दोलनमा जाने निर्णय गरेको छ । आज बसेको झापा उद्योग वाणिज्य संघ गौरीगञ्जको बैठकले सो निर्णय गरेको हो ।
उवासँघ गौरीगञ्जका अध्यक्ष मखना महतोको अध्यक्षतामा बसेको बैठकले गाउँपालिकाले सडक मर्मत सम्भार को बहानामा लागु गरेको अन्न हरुको एरिया निकासी कर अबैधानिक रहेको ठहर गर्दै खाद्यान्न हरुमा लागु गरेको कर पुर्ण खारेजीको माग समेत गरेको छ त्यसैगरि मालपोत कर पनि पुरानै अवस्थामा फर्काउन समेत माग गरेको छ ।
यस बिषयमा उद्योग वाणिज्य संघ गौरीगञ्जले गाउँपालिकामा ध्यानाकर्षण पत्र बुझाएको १५ दिन बिति सक्दा समेत गाउँपालिका बाट कुनै सकारात्मक पहल नभएकाले अब भदौ १० गते सम्म गाउँ कार्यपालिका को बैठकको निर्णय पर्खिने निर्णय गरेको छ । १० गते सम्म पनि खाद्यान्न कर खारेजि सहित बृद्धि भएको कर नघटाए चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेको छ ।
यद्यपि गाउँपालिकाले आज यसै बिषयमा राजश्व परामर्श समितिको बैठक बोलाएको बुझिएको छ ।