जेबि खड्का ।
गौरादह/हिन्दुहरुकाे महान पर्व दशैं आएकाे संकेत गर्ने उदेश्यले गौरादह जेसिजले चङ्गा चेट प्रतियोगिता संचालन गरेकाे छ। समाज रुपान्तरण र युवाहरुमा नेतृत्व बिकासका क्षेत्रमा उल्लेखनीय कार्य गर्दै आएकाे जेसिजले यश बर्ष दशैंमा चङ्गा चेट प्रतियोगिता आयाेजना गरेकाे छ।बिशेष गरि चार्डपर्बकाे समयमा उडाइने चङ्गा पछिल्लो समयमा हराउदै गएकाे छ। एक समयमा लिङ्गे पिङ र चङ्गा उडेकाे देखेपछि दशैं आएकाे आभास हुने गरेकाे थियाे।
चार्डपर्बका समयमा देखिने चङ्गा आजभोलि त्यसकाे प्रचलन नै हराइ सकेकाले सम्झनाका लागि चङ्गा चेट प्रतियोगिता आयाेजना गरिएकाे गौरादह जेसिज अध्यक्ष तथा कार्यक्रमका सभापति बिनिता कटुवालले बताइन। यश प्रकारकाे प्रतियोगिता नभएकाले जेसिजले पहिलाे पटक आयाेजना गरेकाे पनि अध्यक्ष कटुवालले बताईन। प्रतियोगितामा उत्कृष्ट चङ्गा उडाउने एक जना ब्याक्ती छनौट गरिएकाे कटुवालले बताएकिछन।
प्रतियोगिता गौरादह जेसीजको आयोजना तथा लायन्स क्लब अफ गौरादह युनाइटेडको सह आयोजनामा सम्पन्न गरिएको थियाे। जेसिजले आयाेजना गरेकाे चङ्गा चेट प्रतियोगिता कमल ७ , गौरादह ५ र मोरङको संगम स्थलको रूपमा रहेकाे रतुवा खोला परिसरमा सम्पन्न गरिएको थियाे। लामाे समय पछाडि प्रतियोगिताका रुपमा आयाेजना गरिएकाे चङ्गा चेट खेलमा १० जना खेलाडीहरु सहभागी भएका थिए।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति झापा सदस्य कपिलमणी काफ्लेले कार्यक्रमकाे औपचारिक रुपमा उद्घाटन गरेका थिए। संस्थाका कोषाध्यक्ष तथा लायन्स क्लब अफ गौरादह युनाइटेड अध्यक्ष भानु आचार्य, राजनीतिज्ञ तथा समाजसेवी ब्यक्तित्व मदन अधिकारी, गौरादह जेसीजका पुर्व अध्यक्ष तारा कुमार श्रेष्ठ, लायन्स क्लब अफ गौरादहका अध्यक्ष स्याम दाहाल, कार्यक्रममा कमल नगर जेसीजका पुर्व अध्यक्ष नारायण बस्नेत, गौरादह जेसीजका पुर्व अध्यक्ष राजु घिमिरे लगायतले शुभकामना मन्तव्य रखेका थिए।
चङ्गा चेट कार्यक्रमका कार्यक्रम संयोजक मनिसा भुजेलले स्वागत मन्तव्य राखेकाे कार्यक्रममा जेसी महासचिव खड्ग बहादुर थापाले कार्यक्रम संचालन गरेका थिए।