बजेट २०८० / ०८१
बजेटको आकार १७ खर्व ५१ अर्ब ३१ करोड रुपैया

  • सबै प्रकारको अतिरिक्त र प्रोत्साहन भत्ता खारेज ।
  • अतिरिक्त हुलाक खारेज गरि कर्मचारीलाइ अबकाश दिईने ।
  • उद्योगले कच्चा पदार्थमा तिरेको भ्याट फिर्ता ।
  • मुल्य अभिबृद्धि करको सुचीलाइ परिमार्जन गरि हरेक ४ महिनामा फायल गरे हुने ।
  • बैदेसिक रोजगारीबाट फर्किदा जुनसुकै आकारको टेलिभिजन ल्याउँदा भन्सार नलाग्ने ।
  • बिद्यार्थीको दिवा खाजाका लागि ८ अर्ब ४५ करोड । जँकफुड दिन नपाइने ।
  • जग्गाको कित्ताकाट फुकुवा । जग्गाको बिक्री मुल्यलाइ यथार्थ परक बनाउन महानगर र उपमहानगर पालिकाहरुमा बैज्ञानिक मुल्याँकन प्रणाली लागु गरिने ।
  • एक सय रुपैया मै कम्पनी खोल्न पाइने । नयाँ उद्योग दर्ता र नबिकरण गर्न शुल्क नलाग्ने ।
  • साँसदीय बिकाश कोष पुन ब्युतिने ।
  • औषधी जन्य प्रयोगका लागि गाँजा खेतीको सँभाव्यता अध्ययन गरिने ।
  • आठ वटा घातक रोगको उपचारका लागि २ अर्व ५० करोड बिनियोजन ।
  • अबको जीवन स्वदेशमै भन्ने नाराका साथ युवालाइ बिदेश पलायन हुन बाट रोक्ने निति तय गरिने ।
  • त्रिबिको क्रिकेट मैदानलाइ अन्तराष्ट्रिय स्तरको बनाइने ।
  • आगामी आब मा ९ सय मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिने । आगामी २ बर्ष भित्र सत प्रतिशत जनताको पहुँचमा बिजुली पुर्याइने ।
  • शिक्षक लाइसेन्सको परीक्षामा जुनसुकै बिषय पढेकाहरुले सहभागी हुन पाउने । हुलाकी राजमार्ग र मध्यपहाडी लोकमार्गका लागि ३ अर्ब रुपैया बिनियोजन ।
  • २५ हजार भुमीहिनलाइ लालपुर्जा बितरण गरिने ।
  • सबै मालपोत र नापी कार्यालयको सेवा अनलाइन प्रणालीबाट हुने ब्यवस्था मिलाइने ।
  • निजि अस्पतालहरुलाइ स्वास्थ्य बिमा कार्यक्रमबाट हटाइने ।
  • स्वदेशी सिमेन्टको खपत बढाउन लामो दुरीको पक्की सडक ढलान गरिने ।
  • बिराटनगरमा क्रीकेट रँगशाला निर्माण गरिने ।
  • हिमालको पानीलाइ ब्रान्डिङ गरिने ।
  • कृषि तथा पशुपँक्षिका लागि ५८ अर्व ९८ करोड बिनियोजन ।
  • सरकारी सवारी साधनको सुबिधा पाएका कर्मचारीलाइ इन्धनको साटो नगद दिइने ।