मदन राजवँशी , गौरीगञ्ज ।
झापाको गौरादह नगरपालिका वडा नँ ६ स्थित दामुना बजार बाट केहि दक्षिण लागेपछी सिँघियाडोभा गाउँ आउछ। त्यहि गाउयको दुइ बटा कच्ची घरको चेप बाट साँघुरो आलि को बाटो हुँदै पश्चिम लागे पछि गौरादह नगरपालिका ले दामुना खोल्सिमा बनाइरहेको एउटा कल्भर्ट देखिन्छ । जहा न त कुनै बाटो छ न त बाटोको नक्सा कोरिएको छ । यस्तो ठाउँमा कल्भर्टको जम्माजम्मि दुइवटा पिलर ठड्याउन गौरादह नगरपालिका ले गत वर्ष रु २४ लाख खर्च गरिसकेका छन् ।बनाइएका दुइटा पिलर हरु पनि सम्पन्न हुन नपाउदै कामै नलाग्ने गरी चर्किएकाछन् ।
स्थानिय युवा मदन श्रेष्ठ ले सो कल्भर्ट मा चित बुझ्दो काम नभएको र बाटो नै नभएको ठाउँमा गैरजिम्मेबार ढँगबाट नगरपालिकाले काम अघि बढाएको बताए ।
प्रदेश सरकार को रु १४ लाख र नगरपालिका को रु १० लाख गरि जम्मा रु २४ लाखको सो योजना उपभोक्ता समिति मार्फत सम्पन्न गराएको छ। सार्वजनिक खरीद नियमावली २०६४ को परिच्छेद ९ को धारा १७ को उपधारा १० मा उपभोक्ता समिति ले आफुले जिम्मा लिएको काम कुनै निर्माण ब्यावशायो वा ठेकेदार मार्फत गराउन पाइदैन तर यस योजनामा उपभोक्ता समिति ले सो कल्भर्ट बनाउने जिम्मा चिमोरिया कन्सट्रक्सन लाइ दिएको कुरा उपभोक्ता समिती का अध्यक्ष बासुदेव सिँह गन्गाई ले स्विकारेका छन् । जम्मा ३ वटा पिलर बनाउनु पर्नेमा समय अभावका कारण दुई वटा मात्र बनाउन सकेकाले २४ लाखमा साढे तिन लाख कटौति गरि भुक्तानी पाएको कुरा उनले बताए ।
योजना फरफारक गरेर रकम भुक्तानी दिनु अघि काम सम्पन्न भयोे कि भएन भनेर प्राबिधिक जाच सहित अनुगमन गर्न नगर उपप्रमुख गीता भेटुवाल को सँयोजकत्वमा इञ्जिनियर सहितको अनुगमन समिति गठन गरिएको छ । उपप्रमुख भेटुवाल को अनुगमन समिति ले अनुगमन नगरेेसम्म कुनै पनि योजनाको रकम भुक्तानी दिन मिल्दैन । तर यो कल्भर्ट को अनुगमन गरेको आफुलाई सँझना नै नभएको कुरा उपप्रमुख भेटवाल बताउछिन् ।
लकडाउनका कारण ढिलो काम शुरु भएको र अनुगमनमा जाँदा पिलर को सेटिङ नखोलिएको ले त्यसबेला चर्केको ठाउँ नदेखिएको कुरा वडा नँ ६ का वडाध्यक्ष खड्ग प्रसाद पराजुली बताउँछन् । यसबारे बुझ्न यस कल्भर्ट को स्टिमेट बनाउने र काम सम्पन्न भइसकेको प्रविधिक जाचँ गर्ने नगरपालिका का ईञ्जिनियर गोपाल भण्डारीलाइ आइतबार बिहान देखि यो रिपोर्ट तयार पार्दासम्म पुर्ब सन्देश ले दर्जनौं पटक फोन मा सम्पर्क गर्ने कोशिस गर्यो तर उनलेे फोन उठाएनन् ।
सो कल्भर्ट सम्पन्न गर्ने नगरपालिका ले यसपटक पनि रु १० लाख विनियोजन गरेको छ । सो का लागि ठेक्का प्रक्रिया समेत अघि बढाइसकेको कुरा नगरपालिका ले जनाएको छ । पिलर नै भत्किएको बेला त्यसमाथि नया योजनाको रकम खर्च गर्ने उचित छ त भन्ने प्रश्न को जवाफ मा नगरपालिका का प्रमुख रोहित साह ले सो कल्भर्ट मा ईञ्जिनियर पठाएर प्राबिधिक जाच गरि निर्णय गर्ने कुरा बताए ।
सार्वजनिक खरीद नियमावली २०६४ को परिच्छेद ९ को धारा १७ को उपधारा १३ (पाँचौ सँसोधनमा उपभोक्ता समिति ले आफुले पाएको काममा कुनै ठेकेदार वा निर्माण व्यवसायी लाइ सँलग्न गराएको पाइए सार्वजनिक निकायले सो उपभोक्ता समिति सँग भएको सँझौता रद्द गरि आगामि दिनमा सो समितिले अरु कुनै काम गर्न नपाउने अभिलेख राखि सो निर्माण व्यवसायी लाइ कालो सुचिमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालय मा सिफारिस गर्नु पर्ने लेखिएको छ । यस योजनामा योजनाको रकममा ब्यापक अनियमितता भएको आरोप स्थानिय हरुले लगाएका छन् । उपप्रमुखलाइ अनुगमन गरेको सम्झना नै महिना, ईञ्जिनियर ले फोन नउठाउनु र उपभोक्ता समिति ले ठेकेदार मार्फत काम गराएको स्विकार्नुले स्थानियको आरोपलाइ बलियो पारेको छ ।