मँसिर २४ गौरीगञ्ज । निजि तथा आवासिय बिद्यालयहरुको छाता सँगठन प्याब्सनको गौरीगञ्ज पालिका समिती द्वारा आयोजित साँस्कृतिक कार्यक्रम २०८० आइतबार सम्पन्न भएको छ । गौरीगञ्ज ६ खजुरगाछी स्थित देबकोटा सेकेन्डरी स्कुलको मञ्चमा आयोजित साँस्कृतिक कार्यक्रममा गौरीगञ्ज गाउँपालिका भित्र सञ्चालित निजि तथा आबासिय बिद्यालयका बिद्यार्थिहरुले गायन र नृत्यका बिभिन्न बिधाहरुमा प्रतिस्पर्धा गरेका थिए ।

१२ बर्ष मुनिका बिद्यार्थीहरुको गायन प्रतिस्पर्धामा क्रीमसन स्कुलका दीपसन अधिकारीले प्रथाम स्थान हासिल गरेका छन् भने देबकोटा स्कुलका मनोज गिरी द्वितिय भएका छन् त्यसैगरी युनिभर्सल स्कुलका राशी साह तृतिय भएकी छन् । १२ बर्ष माथिका माध्यमिक स्तरिय गायन प्रतियोगितामा युनिभर्सल स्कुलका सरोबर राजवँशी प्रथम देबकोटा स्कुलकी आयुशा दनुवार द्वितिय र क्रीमसन स्कुलका अनुराग राजवँशी तृतिय भएका छन् भने कक्षा ११ र १२ का बिद्यार्थीहरु बीचको गायन प्रतिस्पर्धामा देबकोटा स्कुलका नबराज राजवँशी प्रथम र युनिभर्सल स्कुलकी अरुणा राजवँशी द्वितिय भएकी छिन् ।

नृत्य बिधाका प्रतिस्पर्धाहरु तर्फ आधुनिक सामुहिक नृत्यमा सनसाइन स्कुल प्रथम देबकोटा स्कुल द्वितिय र स्नोह्वाइट स्कुल तृतिय भएका छन् । त्यसैगरी राष्टिय गान सामुहिक नृत्य तर्फ देबकोटा स्कुल प्रथम स्नोह्वाइट स्कुल द्वितिय र युनिभर्सल स्कुल तृतिय भएका छन् भने सामुहिक लोक नृत्य तर्फ स्नोह्वाइट स्कुल प्रथम ज्ञानकुञ्ज स्कुल द्वितिय र क्रीमसन स्कुल तृतिय भएका छन् ।

प्रथम द्वितिय र तृतिय बिद्यार्थी तथा बिद्यालयहरुलाइ ट्रफी मेडल र प्रमाणपत्र सहित पुरस्कृत गरिएको थियो । प्याबसन गौरीगञ्जका अध्यक्ष श्याम राजवँशीको सभापतित्व र गौरीगञ्ज गापा प्रमुख फुलबती राजवँशीको प्रमुख आतिथ्यतामा सम्पन्न प्रतियोगितामा जनप्रतिनिधिहरु प्याबसन झापाका प्रतिनिधिहरु तथा बिभिन्न बिद्यालयका शिक्षक प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । प्रतियोगितामा गायन तर्फ एकाग्र ब्याण्डका लिड भोकलिस्ट देबराज नेपालीले निर्णायकको भुमिका निर्वाह गरेका थिए भने नृत्य बिधा तर्फ मोरँग लोक नृत्य कलाकार सँघका इन्द्रजीत मगर र जीवन चौधरीले निर्णायकको भुमिका निर्वाह गरेका थिए ।