पुस १० गौरीगञ्ज ।‌गौरीगञ्ज वडा नँ ४ मा फेरि काटेर राखेको धानमा आगलागी भएको छ । वडा नं ४ को कार्यालय नजिकै उत्तम दासको साढे चार बिघा खेतमा स्थानीय दिनबन्धु मण्डलले फलाएको रञ्जित धानमा आगलागि भएको हो ।

मँगलबार बिहान उज्यालो नहुदै काटेर राखेको धानमा आगो लागेको देखेपछि गौरादह र कमल गाउँपालिकाको बारुण यन्त्र र स्थानीयहरुको सहयोगले आगो नियन्त्रणमा लिइएको कुरा स्थानीय कृष्ण दासले बताएका छ ।
आगो कसरी लागेको हो भन्ने कुरा यकिन नभएको कुरा स्थानीय हरुले बताएका छन्।‌ केहिदिन अघि मँसिर २७ गते पनि सोहि ठाउँमा स्थानीय जगदिश मेहताले काटेर राखेको करिब १ बिघा खेतको धानमा आगलागी भएको थियो ।‌
घटना हरुको प्रकृति हेर्दा कुनै अज्ञात व्यक्ति वा समूहले गलत नियत राखि काटेर राखेको धानमा आगजनी गर्दै आएको आशँका स्थानीय हरुले गरेका छन् ।‌‌रेडक्रस सोसाइटी गौरीगँजका सभापति यादव रिजालका अनुसार घटना को प्रकृति हेर्दा कसैले जानाजान चारै तिरबाट आगो लगाइएको जस्तो देखिन्छ ।