
फागुन १७ , काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको हो ।
निगमले पेट्रोल, डिजेल मट्टितेलको मूल्य प्रतिलिटर २/२ रुपैयाँ बढाएको हो । त्यस्तै, र आन्तरिक उडानमा खपत हुने हवाई इन्धनको मूल्य प्रतिलिटर ५ रुपैयाँ तथा अन्तराष्ट्रिय उडानमा प्रयोग हुने हवाई इन्धनको मूल्य भने प्रति किलोलिटर २५ अमेरिकी डलर वृद्धि गरिएको छ ।
यस अघि माघ २८ गते र फागुन ४ गते प्याट्रोलियम पदार्थको मूल्य बढाएको थियो ।