फेरी बढ्यो प्याट्रोलियम पदार्थको मूल्य

पढ्न समय: 1 मिनेट

वैशाख ५, काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । गएराति १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेल/मटितेलमा प्रतिलिटर १ रुपैयाँ मूल्य बढाएको हो । गत चैत २२ गते पनि निगमले मूल्य बढाएको थियो ।

निगमका अनुसार आन्तरिक उडानको लागि प्रयोग गरिने हवाई इन्धनको मूल्यमा २ रुपैयाँ प्रतिलिटरले वृद्धि गरी गरेर ७६ रुपैयाँ कायम गरिएको छ ।

- Advertisement -
Ad image

एलपी ग्यास तथा अन्तर्राष्ट्रिय उडानको लागि प्रयोग गरिने हवाई इन्धनको खुद्रा बिक्री मूल्य भने हाललाई यथावत नै राखिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्