फेरि बढ्यो प्याट्रोलियम पदार्थको मुल्य

पढ्न समय: 1 मिनेट

काठमाडौँ । नेपाल अयल निगमले  पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।  शनिबार मध्यराति १२ बजेदेखि लागू हुने गरी डिजेल,पेट्रोल र मट्टीतेलमा प्रतिलिटर दुई दुई रुपैयाँले मूल्य बढाइएको नेपाल आयल निगमले जनाएको छ । 

निगमका अनुसार अब प्रतिलिटर पेट्रोल १०४, डिजेल ९० र मट्टितेल ९० रुपैयाँ पर्ने छ ।

- Advertisement -
Ad image

आयल निगमले अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको जनाउँदै नेपालमा पनि सोहीअनुसार भाउ बढाएको जनाएको छ । खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य यथावत राखिएको निगमले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्