फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ। नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर २ र डिजेल तथा मट्टितेलमा ९ रूपैयाँ मूल्य बढाएको हो।
निगमले विज्ञप्ति निकालेर बढेको मूल्यबारे जानकारी दिदै सोमबार राति १२ बजेदेखि नयाँ मुल्य लागु हुने जनाएको छ । नयाँ मूल्यअनुसार अब पेट्रोलको मूल्य १८१ रूपैयाँ प्रतिलिटर तथा डिजेल र मट्टितेलको मूल्य १७२ रूपैयाँ प्रतिलिटर पुगेको छ। निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ५ रूपैयाँ बढाएको छ।

अघिल्लो लेखमाकोदोको रक्सीलाई अन्तर्राष्ट्रियकरण गर्न झापामा प्रवर्द्धन समिति गठन
अर्को लेखमावडा नं ५ मा आधारभूत स्वास्थ्य चौकी भवनको शीलन्यास