फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

पढ्न समय: 1 मिनेट

साउन ३० काठमाडौं । नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ । निगमले पेट्रोलमा प्रतिलिटर रु ५ र डिजेल/मट्टितेलमा प्रतिलिटर रु १४ रुपैयाँ मूल्यवृद्धि गरेको हो । नयाँ मुल्य सुची अनुसार अब पुर्वमा पेट्रोलको मुल्य प्रति लिटर रु १७५ रुपैयाँ ५० पैसा पुगेको छ भने डिजल र मट्टितेलको मुल्य प्रति लिटर रु १६४ रुपैयाँ ५० पैसा पुगेको छ ।

- Advertisement -
Ad image


नयाँ तोकिएको मूल्य आज राति १२ बजेदेखि लागू हुने निगमका प्रवक्ता मनोज ठाकुरले मंगलबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्