असार ९, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको गरेको छ । बुधबार निगमले पट्रोल, डिजेल, मट्टीतेलको र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँको दरले बढाएको हो ।
नयाँ मुल्य सूची अनुसार पेट्रोलको प्रतिलिटर १२७ डिजेल र मट्टीतेलको ११० तथा आन्तरिक हवाई इन्धनको मूल्य ८२ रूपैयाँ पुगेको छ भने निगमले अन्तरास्ट्रिय हवाइ इन्धनको मूल्य पनि बढाएको छ । अन्तर्राष्ट्रिय हवाई इन्धन प्रतिकिलोलिटर २० डलरले बढेर ७३५ डलर पुगेको छ ।
नेपाल आयल निगमले यसअघि जेठ २२ मा पनि निगमले पेट्रोल, डिजेल, मट्टीतेल र आन्तरिक हवाई इन्धनकाे मूल्य प्रतिलिटर २ रुपैयाँकाे दरले बढाएकाे थियाे ।