• साउन २४, २०८०
  • Madan Rajbanshi
  • 0

झापाको दमक नगरपालिका का प्रमुख प्रशासकीय अधिकृत डमरुप्रसाद निरौला भिडियो विवादमा तानिएपछी उनको ठाउँमा दमक नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा उपसचिव गणेशराज कार्की आउने भएका छन् । बेलबारी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा काम गरिरहेका उनको मंगलबार दमक सरुवा भएको हो ।


झापा गाउँपालिकामा समेत काम गरिसकेका कार्की स्थानीय तहका कुशल प्रशासकका रुपमा चिनिन्छन् । उनि सोमबारदेखि दमक नगरपालिकामा हाजिर हुने बुझिएको छ । यस अघि प्रमुख प्रशासकीय अधिकृतका रुपमा कार्यरत डमरुप्रसाद निरौलाको सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएको छ ।