जेठ, २३, गौरीगञ्ज । गौरादह स्थित मेडिम्याक्स अस्पताल ले पत्थरी को अप्रेसनमा लापरबाही गर्दा थला परेकी फुलमाया दर्जीको परिवार लाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । गौरीगञ्जका सक्रिय युवाहरुको सँस्था, खजुरगाछी गौरीगञ्ज समाजसेवी युवा समुहले सोमबार पोडित दर्जीको परिवार लाई नगद रु २० हजार ५ रुपैयाँ सहयोग हस्तान्तरण गरेको हो । सँस्थाका तर्फ बाट सँस्थाका अध्यक्ष रोशन यादब सहितको टोलिले पिडित का छोरा काजी दर्जी लाई सो रकम हस्तान्तरण गरेको हो ।

पिडित फुलमाया दर्जीको पित्त थैलि मा पत्थरी को समस्या भइ गौरादह स्थित मेडिम्याक्स अस्पताल मा अप्रेसन गरिएको थियो । अप्रेसन को‌ केहि समय पछि समस्या देखिन थालेपछि अस्पताल ले उनलाई धरान स्थित बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान मा रिफर गरेको थियो । आर्थिक अवस्था अत्यन्तै दयनिय रहेको दर्जीको धरानमा पुन: अप्रेसन गरिएको थियो । उनि अझै उपचारकै क्रममा छन् । उनको उपचार मा केहि राहत पुगोस भन्ने उद्देश्यले नै स्थानीय हरु बाट थोरै थोरै रकम सँकलन गरि परिवार लाई हस्तान्तरण गरिएको कुरा सँस्थाका अध्यक्ष रोशन यादब ले बताए ।