असोज ३० गौरीगञ्ज । गौरादह नगरपालिकाको ग्वालडुब्बा बजारमा दिउसै लुटपाट भएको छ । हिजो मँगलबार दिउसो करिब ४:३० बजे तिर तिन जनाको अज्ञात समुहले स्थानीय कुल चन्द्र ओस्तीको घरमा प्रवेश गरि लुटपाट गरेको हो ।
घरमा अन्दाजी १४ बर्षिय छोरा कबिन ओस्ती एक्लै भएको मौका पारी तिन जनाको समुहमा आएको नकावधारी समुहले ति बालकलाई डोरीले बाँधेर मुख समेत थुनी लुटपाट गरेको प्रहरीले जनाएको छ ।
लुटेरा समूहले घरबाट २ लाख ३० हजार नगद सवा दुइ तोला सुन २५ तोला चाँदी र एउटा मोवाइल लुटेर लगेको गौरीगञ्ज प्रहरीले जनाएको छ । लुटपाट को समय घरधनी खेतमा गएको वुझिएको छ भने प्रहरी शँकास्पद ३ जनालाई पक्राउ गरि सोधपुछ गरिरहेको समेत बुझिएको छ ।