
जेठ २९ गौरीगञ्ज । आगामी शैक्षिक सत्रबदेखि प्लस टु तर्फ प्राबिधिक शिक्षाको कक्षा सञ्चालनका लागि गौरीगञ्ज ६ स्थित खजुरगाछी माबि जुर्मुराएको छ । प्राबिधिक धार तर्फ कुन बिषयको कक्षा सञ्चालन गर्ने बिषयमा बिद्यालयले आज सोमबार शिक्षक अभिभावक तथा सरोकारवालाहरु बिच छलफल चलाएको छ ।
छलफलबाट बिद्यालयमा तिन वटा बिषयहरु अमिन पशु बिज्ञान वा सुचना प्रबिधि मध्ये एक बिषय को कक्षा सञ्चालन गर्ने गरि सँभाब्यता अध्ययन अर्नु पर्ने निश्कर्ष निकालेको छ । यि तिन बिषय मध्ये कुन बिषयमा यहाँको भौगोलिक मानव सँसाधन र बिध्यार्थीको पर्याप्तता उपयुक्त हुन्छ भन्ने बारे अध्ययन गरेर बइतबार सम्म प्रतिबेदन बुझाउने गरि गर्न ४ सदस्यको अध्ययन समिती समेत गठन गरेको छ ।
केहि दिन अघि प्राबिधिक शिक्षाको सँभाब्यता अबलोकनका लागि आएको सिटिइभिटीको टोली र गाउँपालिका समेत खजुरगाछी माबिमा प्राबिधिक शिक्षा कक्षाका लागि सकारात्मक देखिएपछी खजुरगाछी माबि यस तर्फ अघि बढेको हो ।