• भदौ ७, २०७७
  • Madan Rajbanshi
  • 0


७ भदौ । बिद्युत प्राधिकरण को गौरादह शाखामा कार्यरत एक कर्मचारी सहित गौरादहमा आज दुइ जना मा कोरोना सँक्रमण पुष्टी भएको छ । कचनकबल निवासी सँक्रमित पुरुष केहि दिन अघि गौरादह कार्यालयमा सरुवा भएर आएका हुन् ।‌उनि सहित गौरादह कृषि क्याम्पस क्वारेन्टाइन मा बसेका एक पुरुषमा समेत आज शँक्रमण पुष्टी भएको छ ।
गत साउन २८ गते स्वाब सँकलन गरिएका उनिहरुको आज १३ दिन पछी रिपोर्ट आएको हो । १३ दिन बिति सक्दा पनि सँक्रमित हरुमा कुनै किसिमको लक्षण नदेखिएको र उनिहरु लाइ गौरादह नगरपालिकाले तयार पारेको आइसोलेसनमा राख्ने तयारी भएको कुरा स्वास्थ्य शाखा गौरादहमा सँयोजक गोबिन्द श्रेष्ठले जनाएका छन् ।
प्राधिकरणको कर्मचारीमा सँक्रमण पुष्टी भएपछी केहि बेरमा नगरपालिकामा आपतकालिन बैठक बस्ने तयारी गरिएको बुझिएको छ ।