प्रहरी श्रीमती संघ द्वारा बिपन्न सन्थाल समुदाय लाइ न्यानो कपडा र राहत

एमाघ १८ गौरीगञ्ज । १ नँबर प्रदेश प्रहरी श्रीमती संघले गौरीगञ्ज वडा नँ ६ का बिपन्न सँथाल परिवार लाइ न्यानो कपडा तथा राहत सामग्री वितरण गरेको छ ‌। सँघ कि अध्यक्ष श्रृजना थापा कार्की को नेतृत्वमाआएको टोलिले देवीगञ्ज स्थित भगवती प्राबि को प्राङ्गणमा एक औपचारिक कार्यक्रमको आयोजना गरि ३५ अति बिपन्न सन्थाल परिवारलाइ न्यानो कपडा तथा खाद्य सामग्री बितरण गरेको हो ।

प्रति परिवार दुइ वटा ब्लाङ्केट र खाद्यान्न वितरण गरिएको कुरा इलाका प्रहरी कार्यालय गौरीगञ्जका ले जनाएका छन् । सो सामग्री प्रति परिवार अन्दाजी रु २७ सय बराबरको रहेको बताइएकोछ ‌ ।

बितरण कार्यक्रम मा गाउँपालिका उपाध्यक्ष दिपेन्द्र थापा, वडा नँ ३ का वडाध्यक्ष मखना महतो, इलाका प्रहरी दमकका प्रहरी नायब उपरीक्षक नवराज कार्की, बिओपि खजुरगाछी का प्रहरी निरीक्षक महेश बिष्ट लगायतको उपस्थिति रहेको थियो ।

अघिल्लो लेखमावडा नँ ३ का जेष्ठ नागरिक लाइ छिन्नमस्ता भगवती दर्शन यात्रा
अर्को लेखमासुनवर्सि पाेखरीको डिलमा पिकनिक खेल्ने काे घुईंचो