फागुन २, गौरीगञ्ज । शनिबार गौरीगञ्ज ३ स्थित हुकागाछी मा ड्युटी मा खटिएका प्रहरी माथि हातपात गर्ने तिन जनालाई अभद्र ब्यवहार मुद्दा मा अनुसन्धान अघि बढाएको छ । शनिबार साँझ ५ बजे गौरीगञ्ज ३ स्थित हुक्कागाछी भन्ने स्थानमा लागु औषधको कारोवार भइरहेको भन्ने सूचना पाएर गएको सादा पोशाकको प्रहरी टोलीले गौरीगञ्ज २ कोरोबारी बस्ने २४ वर्षिय श्यामु राजवंशीलाई गाँजासहित पक्राउ गरि ल्याउने क्रममा हुक्कागाछी कि स्थानिय कौशिला महतो लगायतले प्रहरी माथि अभद्र व्यवहार, सहित हातपात गरेका थिए । यद्यपि स्थानिय हरुले हतकडी लाएका अभियुक्तमाथि प्रहरी ले कुटपिट गरेकाले प्रतिकार गरिएको बताएकाछन् ।
घटना लगतै ईलाका प्रहरी कार्यालय गौरीगञ्जबाट गएको महिला प्रहरी सहितको थप प्रहरी ले घटना मासँलग्न ३ जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेहरुमा जनमत पार्टी नेपालकी केन्द्रीय सदस्य ५० वर्षिया कौशिला महतो , २७ वर्षिय जितेन्द्र महतो ६७ वर्षिय दशरथ मुखिया र गाँजासहित पक्राउ परेका २४ वर्षिय श्यामु राजवँशी रहेका
छन् । लागु औषधको कारोवारीलाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि उनीहरुले अभद्र व्यवहार गरी हातपात गरेका थिए । चारैजना प्रतिवादीहरुलाई अभद्र व्यवहार मुद्धामा आज ७ दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय गौरीगञ्जमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।