१९ भदौ, विराटनगर । विराटनगरमा ६० जनासहित प्रदेश १ मा १४५ जना कोरोना संक्रमित थपिएका छन् । यो अहिले सम्मकै उच्च संख्या हो ।
विराटनगरमा ६० जनामा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार संक्रमण देखिएकामा २५ महिला र ३५ जना पुरुष रहेका छन् । मोरङको बुढीगंगामा २ महिला ४ पुरुष, लेटाङमा २ महिला, सुनबर्षी र ग्रामथानका १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । उता सुनसरीको दुहवीमा ७ महिला ६ पुरुष, इटहरीमा १ महिला ९ पुरुष, धरानमा १ महिला २ पुरुष, इनरुवामा २ पुरुष, गढीमा १ महिला १ पुरुष, बर्जुमा १ महिला १ पुरुष, बराहक्षेत्रमा १ पुरुष र कोशी गाउँपालिकामा १ महिलामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार झापाको कनकाईमा ३ महिला ८ पुरुष, दमकमा ३ महिला २ पुरुष, मेचीनगरमा ४ पुरुष, भद्रपुर र झापा गाउँपालिकामा ३–३ र कचनकवल र गौरीगञ्जमा १–१ पुरुष, ओखलढुङ्गाको मानेभन्ज्याङमा २ महिला २ पुरुष, भोजपुरमा १ पुरुष, उदयपुरको त्रियुगाका १ पुरुष, सोलुखुम्वु र खोटाङको स्थानीय तह नखुलेका १–१ पुरुष र प्रदेश १ बाहिरका १ महिला ४ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३ हजार ८२५ पुगेको छ । प्रदेश १ मा आज सम्म डिस्चार्ज हुनेको संख्या १ हजार ८१९ पुगेको छ ।