२९ साउन झापा । बिहिबार प्रदेश नँ १ मा १ सय १५ नयाँ सँक्रमित थपिएका छन् । जसमध्ये ८३ पुरूष र ३२ जना महिला रहेका छन् । प्रदेश १ मा बिहीबार थपिएका संक्रमित अहिलेसम्मका धेरै हो
मोरँगको बिराटनगरमा ३८ पुरूष र २२ महिला गरि ६० जना र मोरङको बुढीगंगा गाउँपालिका २५ जनामा सँक्रमण देखिएको हो । बुढीगंगा देखिएको संक्रमित मध्ये आरती स्ट्रिप्समा काम गर्ने २१ जना रहेका छन् । त्यसै गरी कटहरीमा तीन जना संक्रमण देखिएको छ । सुनसरीको इटहरीमा १० पुरुष, ३ महिला, धरानमा १, बराहक्षेत्रमा १, दुहबी ३ र रामधुनीमा १ मा संक्रमण पुष्टि भएको छ ।
झापाको विर्तामोडमा १ जना, इलामा चार जना र उदयपुरमा १ जनामा संक्रमण देखिएको छ ।
प्रतिक्रिया लेख्नुहोस्