बिराटनगर । प्रदेश नँ १ मा एकै दिन १२ जनामा कोरोनाको सँक्रमण पुष्टी भएको छ । शुक्रबार चितवनमा २ र प्रदेश नँ १ को उदयपुरमा १२ सहित नेपाल भरि १४ जनामा कोरोनस सँक्रमण देखिएको हो । उदयपुरको मस्जितमा लुकेर बसेका १२ जना भारतीयमा कोरोनाको सँक्रमण देखिएको हो । त्रियुगा नगरपालिका ३ भुल्केस्थित मस्जिदमा लुकेर बसेका १०२ भारतिय मध्ये १२ जनाको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ पाइएको हो ।
प्रदेश नम्बर १ मा एकैसाथ १२ जनामा कोरोना संक्रमित भेटिएपछि सबै स्वास्थ्यकर्मी , प्रदेश १ का मन्त्रालय तथा सरोकारवाला निकय चुस्त बनेका छन् ।
आज मात्रै उदयपुरमा भेटिएका १२ जना भारतीयलाई कोरोना संक्रमण पुष्टि भएपछि उनिहरुलाई विराटनगरमा प्रदेश १ सरकारले निर्माण गरेको कोरोना अस्पतालमा राखिने भएको छ ।
उनिहरुलाई आजै एम्बुलेन्समा राखेर विराटनगर ल्याइने सामाजिक विकास मन्त्री जीवन घिमिरेले जानकारी दिए ।
यता अस्पतालमा व्यवस्थापनको तयारी सुरु गरिएको छ ।
उता चितवनका दुई जना संक्रमित चितवनको राप्ती नगरपालिका-८ का आमा छोरा हुन् ।
यसअघि १६ जना कोरोना संक्रमित भएकोमा अब भने संक्रमितको संख्या ३० पुगेको छ । उनीहरु मध्ये पहिलो संक्रमित निको भइसकेका छन् ।