पुस २५, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चार सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् ।
सोमबार मुख्यमन्त्रीको शपथ ग्रहण लगतै सत्ता साझेदार दलहरुबाट एक एकजना मन्त्री नियुक्त गरी शपथ गराइएको हो । अघिल्लो दिन सम्म सरकार गठन मा सकारात्मक देखिएका माओवादी केन्द्र सरकारमा नजाने भएपछि एमाले राप्रपा र जसपा बाट एक एक जना मन्त्री नियुक्त गरिएको छ ।
प्रमुख सत्ता साझेदार दल शपथमा सहभागी नभएपछि प्रदेश प्रमुख पर्शुराम खापुङले नेकपा एमालेका तिलकुमार मेन्याङ्बो, राष्ट्रिय प्रजातान्त्र पार्टीका भक्तिप्रसाद सिटौला र जसपाकी निर्मला लिम्बूलाई मन्त्री नियुक्त गरिएको छ ।
नवनियुक्त मन्त्रीहरुलाई जिम्मेवारी दिइएको छैन । तीनैजना बिना विभागिय मन्त्री छन् ।