प्रदेश १ भरि प्रेसर हर्न बजाउन निषेध : गौरीगञ्जमा ट्राफिक सचेतना

फागुन १०, झापा । प्रदेश १ मा सोमबारदेखि सवारी साधनलाई प्रेसर हर्न बजाउन पूर्ण रुपमा रोक लगाइए पछी झापाको गौरीगञ्जमा ट्राफिक सचेतना दिइएकोछ ।
ईलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रहरी निरीक्षक राकेश रेग्मी ले सार्वजनिक सवारी चालकहरु लाइ भेला पारी आआफ्नो सवारी मा प्रेसर हर्न भए त्यो अबिलम्ब हटाउन आग्रह गरेकाछन् । ट्रायचेक जाँचका क्रममा प्रेसर हर्न भेटिए त्यो निकालिने तथा जफत समेत गरिने कुरा रेग्मी ले बताएका छन् ।
त्यसैगरी गौरीगञ्जका ट्राफिक ईञ्चार्ज साजन कार्की ले सवारी हरुमा क्षमता बाहेकका थप सुट नराख्न र क्षमता भन्दा बढि यात्रु नचढाउन समेत आग्रह गरेका छन् । क्षमता भन्दा बढि सिट र यात्रु भेटिए कार्वाहि समेत गरिने उनले बताएका छन् ।
गौरीगञ्ज लगायत प्रदेश नँ १ भारी आज प्रेसर हर्न बिरुद्ध अभियान चलाएको छ ।
प्रदेशलाई हर्न निषेधित बनाउन ट्राफिक प्रहरीले विशेष अभियान चलाएर कडाइ थालेको हो। प्रदेश १ का सबै ९२ वटै युनिटमा कार्यरत ट्राफिक प्रहरीले सवारी चालकलाई हात जोड्दै अबदेखि हर्न नबजाइदिन आग्रह गरेका छन्।
सोमबार बिहान १० बजे एकै पटक सडकमा हर्न निषेधको प्लेकार्डसहित निस्किएर अबदेखि हर्न बजाउन नपाइने जानकारी दिँदै सवारी चालकहरुलाई सचेत गराइएको हो। प्रदेशभरी नै सडकमा गुडिरहेका सवारी साधनलाई एक मिनेटजति रोकेर चालकलाई ट्राफिकले हर्न निषेध सम्बन्धी उर्दी जारी गरेको छ।
प्रदेश १ मा यसअघि ०७५ असोज १ गतेबाट हर्न निषेध गरिएको थियो। हर्न निषेधका विरुद्ध उच्च अदालतमा पब्लिक फोरमका अध्यक्ष उत्तम ढुङ्गेलले ०७५ कात्तिक १४ गते उच्च अदालतमा रिट दायर गरेका थिए।
उच्चका तत्कालिन मुख्य न्यायाधीश डा. कुलरत्न भुर्तेल र न्यायाधीश हरिप्रसाद भण्डारीको संयुक्त इजलासले रिट खारेज गर्दै हर्न निषेधकै पक्षमा आदेश जारी गरेको थियो। हर्न निषेधकै पक्षमा आदेश आए पनि प्रदेश १ मा हर्न निषेध प्रभावकारी हुन सकेको थिएन।

अघिल्लो लेखमाउर्लाबारी प्रहरीले मिसिलमा मृतकको फोटो फेरे पछी डिएसपी को नेतृत्वमा छानबिन समिती
अर्को लेखमारंगेली र कर्सिया मा समेत हर्न नबजाउन जनचेतना