विराटनगर । प्रदेश १ को नामाकरणको प्रस्ताव प्रदेशसभामा लग्ने तयारी गरे सगै सुरक्षा व्यवस्था कडाइ गरिएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले एक बिज्ञप्ति जारी गर्दै निषेधित क्षेत्र तोकेको छ ।


बिज्ञप्ति मा लेखिएको छ – प्रदेश नं. १ को प्रदेशसभामा नामांकनको विषय मिति २०७९।११।१७ गते कार्यसूचि भित्र रही छलफल हुने भएकोले नामांकनको प्रक्रिया प्रारम्भ भई टुङ्गो नलागेसम्म तथा नामांकरण भएपश्चात् पनि असहमत पक्ष (विभिन्न राजनैतिक दल, समूह, जातीय संघ संस्था) बाट संभावित विरोध, धर्ना, जुलुस, झडप हुन सक्ने भएकोले सुरक्षा जोखिमलाई मध्यनजर गर्दै सुरक्षा स्थितिलाई सहज एवं सामान्य तुल्याई राख्न विराटनगरस्थित देवकोटा चोकदेखि कोशी अस्पताल चोकसम्म, जिल्ला प्रशासन कार्यालय वरपर, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मा. मुख्यमन्त्रीज्यूको निवास वरवर मिति २०७९।११।१७ गते दिउँसो ३:०० बजेदेखि अर्को आदेश नभएसम्म कुनै किसिमका सभा, जुलुस, भेला, याली, धर्ना जस्ता कार्यहरु गर्न स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३क) वमोजिम निषेध गरिएकाले सम्बन्धित सवैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । यो आदेशको उलंघन गरी उल्लेखित कार्यहरु गरेको पाइएमा प्रचलित कानून वमोजिम कारवाही गरिने व्यहोरा जानकारी गराइन्छ ।

भूगोल र पहिचानले पेचिलो बनेको प्रदेश नामाकरण आज (बुधबार ) बसेको प्रदेशसभा बैठकको कार्य व्यवस्था समितिको बैठकले प्रदेशसभामा प्रदेश नामकरणको प्रस्ताव लाने कार्यसूची रहेको छ ।

प्रदेशसभा प्रवेश गर्ने दुईवटा मार्गमा प्रहरीले अवरोध गरेका छन्। भने सर्वसाधारणलाई आवतजावतमा रोक लगाईएको छ।

सकेसम्म आजै दलहरुको सर्वसम्मतमा नामाकरण टुंग्याउने तयारी अगाडि बढाएको छ ।