पुस २५, बिराटनगर । प्रदेश १ सरकारको नवगठित सरकारले मन्त्रालय संख्या घटाएर ९ वटा बनाउने निर्णय गरेको छ।
शपथ ग्रहणपछि विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको पहिलो बैठकले १३ वटा मन्त्रालयको संख्या घटाएर ९ वटा बनाउने निर्णय गरेको हो।
बैठकले प्रशासनिक सुधार गर्ने, सार्वजनिक खर्च कटौती गरी मितव्ययिता कायम गर्ने र शीतलहरबाट जनतालाई जोगाउन पूर्व तयारी गर्ने निर्णय गरेको छ।
यस्तै सेवा प्रवाह सुधार ल्याउन प्रमुख सचिवको नेतृत्व २१ दिनभित्र प्रतिवेदन बुझाउने गरी सुधार समिति गठन गर्ने समेत निर्णय गरेको छ ।