२७ साउन झापा । प्रदेश १ मा मँगलबार ९८ जनामा काेराेना संक्रमण देखिएकाे छ । संक्रमितहरू मध्याे ६४ जना पुरूष र ३४ जना महिला रहेका छन् ।
संक्रमितहरु माेरङकाे विराटनगरमा २१ महिला र २९ पुरूष, बेलबारीमा १ पुरूष र बुढिगंगामा १० पुरूष रहेका छन् । त्यस्तै, सुनसरीकाे धरानमा २ महिला र २ पुरूष, दुहबीमा २ महिला र ५ पुरूष, देवानगञ्जमा ३ पुरूष, हरीनगरमा १ पुरूष र १ जनाकाे ठाउ नखुलेकाे रहेका छन् ।
उदयपुरमा बेलकाका ४ महिला र ३ पुरूष, त्रियुगाका ३ महिला र ५ पुरूष रहेका छन् । झापाकाे मेचिनगरका १ महिला र १ पुरूष, इनरूवाकाे नाम नखेलेकाे १ जना रहेका छन् । भने ताप्तेजुङकाे फुङ्गलिङ्ग र इलामकाे सुरूयाेदयका १ –१ जना पुरूष रहेका अपडेटमा उल्लेख गरीएकाे छ ।
मन्त्रालयका अनुसार आज १ हजार ६ सय ८२ जनामा गरिएकाे परिक्षणमा ९८ जनामा संक्रमण देखिएकाे हाे । प्रदेश १ मा हाल सम्म ५६ हजार ४ सय १६ जनामा गरिएकाे परिक्षणमा १ हजार ५ सय ६२ जनालाइ काेराेना संक्रमण देखिएकाे छ ।
प्रदेश नँ १ मा मँगलबार कहाँ कहाँ थपिए कति सँक्रमित !
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्