प्रदेश नँ १ मा बुधबार कहाँ कहाँ कति जना सँक्रमित थपिए !

पढ्न समय: 1 मिनेट

बुधबार प्रदेश नँ १ मा ४८ जना नयाँ सँक्रमित थपिएका छन् । मोरङका २४, सुनसरीका १४, झापाका ९ र प्रदेश १ बाहिरका १ जना छन् । मोरङको विराटनगरका १२ पुरुष, रंगेलीका ७ पुरुष ३ महिला, स्थानीय तह नखुलेका २ पुरुष, सुनसरीको धरानका ५ पुरुष ४ महिला, दुहवीका ३ र कोशी गाउँपालिका २ पुरुष, झापाको मेचीनगरका ३ पुरुष ३ महिला, भद्रपुरका ३ पुरुष र रौतहटको गौरका १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्