भदौ ३०, विराटनगर । प्रदेश नँ १ को प्रदेश सरकार मा मन्त्री परिषद बिस्तार भएको छ। प्रदेश–१ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । बुधबार थप दुई मन्त्री र तीन राज्यमन्त्री थपेर आठ सदस्यीय बनाइएको छ ।
नवनियुक्त मन्त्री र राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । आचार्यले संखुवासभाका तुलसीप्रसाद न्यौपानेलाई आर्थिक मामिला तथा योजनामन्त्री र झापाका हिराकुमार थापालाई भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री, सोलुखुम्बुका उत्तमकुमार बस्नेत उद्योग, पर्यटन, वन तथा वातावरण, मोरङका ज्ञानेश्वर राजवंशी भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री र मोरङकै लिलाबल्लभ अधिकारी आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री नियुक्त गरेका छन् ।
नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीहरूले प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासी समक्ष आजै पद तथा गोपनीयताको शपथ लिएका छन् । मन्त्री मण्डल विस्तार भएसँगै प्रदेश सरकारको मन्त्रीमण्डल ८ सदस्यीय बनेको हो ।