• माघ १०, २०७७
  • Madan Rajbanshi
  • 0

दमक / झापाको शिवसताक्षीमा सम्पन्न प्रथम मदन भण्डारी सुपर सिक्स क्रिकेट प्रतियोगीताको उपाधी काकडभिटा क्रिकेट क्लबले जितेको छ । बिडिपी युनाइटेलाई हराउदै काकडभिटाले उपाधी माथि कब्जा जमाएको हो ।
काकडभिटाले ३३ रनले पराजित गरेको थियो । यस्तै प्रतियोगीतामा शिवसताक्षी ११ दोस्रो भएको थियो । पहिलो हुने टिमले नगद २५ हजार मेडल र टफि हात पारेको थियो । यस्तै दोस्रो हुने शिवसताक्षी ११ ले १५ हजार मेडल र टफि प्राप्त गर्यो । मदन भण्डारी स्पोर्टस एकेडेमीले गरेको प्रतियोगीताको उत्कृष्ट खेलाडी युनाइटेडका सन्तोष मल्लिक घोषित भए । यस्तै उत्कृष्ट बलर युनाइटेडका दिपेन योगी, उत्कृष्ट ब्याटसमेन शिवु राजबंशी घोषित भएको एकेडेमीका जिल्ला सदस्य सन्तोष पौडेलले जानकारी दिए ।
समापन कार्यक्रमको प्रमुख अतिथी फुर्वा लामा, थिए। भनेअतिथीहरु, बाहदुर आङ्वो,सन्तोश पौडेल ,निशा लिम्बु,तुलशी दाहाल,डिगम पराजुली,लक्ष्मण अधिकारी,भाग्य फागो,बिकाश कार्की,प्रेम फुयाल,लगायतको उपस्तिथि रहेको थियो ।प्रतियोगीतामा शिवसताक्षी खेलकुद विकास समितिका अध्यक्ष फुर्वा लामाले पुरस्कार हस्तान्तरण गरे । कार्यक्रममा बोल्दै लामाले नगरको खेलकुदमा समितिले सधै साथ दिने बताए । उक्त कार्यक्रम एकेडेमीका नगर अध्यक्ष सुजन भेट्वालको अध्यक्षतामा तथा अर्जुन राईले कार्यक्रम सञ्चालन गरेका थिए।शुक्रबार शुरु प्रतियोगीताको शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्माले उद्घाटन गरेका थिए । खेल झिल्झीले स्थित गणेशमान खेलमैदानमा भएको हो।