रबिन्द्र बराल
माेरङकाे रंगेली नगरपालिका बडा नम्बर ७ स्थित बसपार्क नजिकै बाट लागुऔषध सहित २ जना युवा पक्राउ परेका छन । इलाका प्रहरी कार्यालय रंगेली ले
सुनवर्षी नगरपालिका ९ बस्ने २४ बर्षका कुन्दन सहनी र १९ वर्षका आदर्श दास लाई पक्राऊ गरेको छ । उनी हरु काे साथ बाट नेपाल मा प्रतिबन्धित लागुआैषध नाईट्राभेट ट्यावलेट १ हजार २ सय ३० थान बरामद गरेको छ ।प्रहरीले सुराकीको आधारमा पक्राउ गर्ने सफल भएको छ । उनिहरु सवार को ३३ प २०६२ नम्वरको मोटरसाकल बाट लागुऔषध फेला परेको छ । उनिहरु लाई लागुऔषध ओसारा पोसार अन्तर्गत मुद्दा चलाउने ईलाका प्रहरी कार्यलय रंगेली का निरीक्षक अनमोल खड्काले बताए ।