• चैत्र ७, २०८०
  • Madan Rajbanshi
  • 0

चैत ७ गौरीगञ्ज । झापाको गौरादह र बाहदशी बाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित ७ जना पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय गौरादह र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले हिजो अपरान्ह साढे ४ बजे गौरादह नगरपालिका–१ का २८ बर्षीय बिशाल सुब्बा, २६ बर्षीय सुजन अधिकारी, ३५ बर्षीय राजकुमार ताजपुरिया र २८ बर्षीय कुमार तामाङको साथबाट ३ ग्राम ८५० मिलिग्राम ब्राउनसुगर बरामद गरेको कुरा जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

त्यसैगरी जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय राजगढबाट खटिएको प्रहरी टोलीले हिजो साँझ ५ बजे बाह्रदशी गाउँपालिका–२ बिरिङ पुलबाट मे ७ प १०२७ नम्बरको मोटरसाइकलका चालक झापा गाउँपालिका–४ का २३ वर्षीय अलागिर हक , मोटरसाइकल पछाडी सवार २६ बर्षीय मोहम्मद हुसेन र २१ बर्षीय मन्जिर रुलहकलाई १७ ग्राम ७४० मिलिग्राम ब्राउनसुगर र मोटरसाइकलसहित नियन्त्रणमा लिएको जनाएको छ ।

ब्राउनसुगरसहित पक्राउ परेका सबै जनाको प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।