मँसिर २६ गौरीगञ्ज । निजि तथा आवासिय बिद्यालयहरुको छाता सँगठन प्यावसन को गौरीगञ्ज गाउँपालिका समितीले बिभिन्न साँस्कृतिक नृत्य तथा गायन प्रतियोगिता सम्पन्न गरेको छ ।

वडा नँ ३ स्थित श्री ज्ञानोदय आवासिय माबिको प्राङ्गणमा भएको प्रतियोगितामा १२ बर्ष भन्दा मुनि र माथिका बिद्यार्थीहरु बीच छुट्टा छुट्टै गायन प्रतिस्पर्धा भएको थियो भने कक्षा ५ सम्मका बिद्यार्थीहरु बीच आधुनिक नृत्य प्रतियवगिता कक्षा ६ देखि ८ सम्मका बिद्यार्थीहरु बीच राष्ट्रियता झल्किने नृत्य प्रतियोगिता र कक्षा ९ र १० का बिद्यार्थीहरु बीच बिभिन्न जातजातिको साँस्कृतिक नृत्य प्रतिस्पर्धा भउको थियो । प्रतियोगितामा गौरीगञ्ज गाउँपालिका भित्र रहेका बिभिन्न निजि तथा आवासिय बिद्यालयहरुले सहभागिता जनाएका थिए ।
प्रतियोगितामा १२ बर्ष मुनिका बिद्यार्थीहरु बीचको गायन प्रतियोगितामा ज्ञानोदय माबि प्रथम भएको छ भने ज्ञानकुञ्ज एकेडेमी दोश्रो भएको छ त्यसैगरि स्नो ह्वाइट स्कुल तेश्रो भएको छ । त्य्तै १२ बर्ष भन्दा माथिको गायन प्रतियोगितामा क्रिमसन स्कुल प्रथम भएको छ भने ज्ञानकुञ्ज एकेडेमी दोश्रो भएको छ त्यसैगरि ज्ञानोदय माबि तेश्रो भएको छ । उच्च माबि तहको गायन प्रतिस्पर्धामा एकल उपस्थिती रहेको देवकोटा माबिले उपाधी लगेको छ ।


त्यतै आधुनिक नृत्य प्रतियोगिता तर्फ सनसाइन स्कुल प्रथम भएका छन् भने स्नोह्वाइट स्कुल दोश्रो भएका छन् त्यस्तै देबकोटा माबि तेश्रो भएका छन् । राष्ट्रिय गीत नृत्य तर्फ देवकोटा माबि प्रथम ज्ञानोदय माबि दोश्रो र स्नोह्वाइट स्कुल तेश्रो भएका छन् । त्यस्तै बिभिन्न जातजातिको साँस्कृतिक नृत्य तर्फ स्नोह्वाइट स्कुल प्रथम देबकोटा माबि दोश्रो र क्रिमसन स्कुल तेश्रो भएका छन् । बिजेता समुहहरुलाइ मेडल कप तथा प्रमाणपत्र सहित पुरस्कृत गरिएको छ ।

प्यावसन गौरीगञ्ज पालिका समितीका अध्यक्ष गोपाल राजवँशीको सभापतित्व र गौरीगञ्ज गाउँपालिकाकी अध्यक्ष फुलबती राजवँशीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको प्रतियोगितामा झापा प्यावसनका अध्यक्ष गौरीमान फागो उपाध्यक्ष जनार्दन ढकाल गौरीगञ्ज गाउँपालिकाका पुर्व उपाध्यक्ष दिपेन्द्र थापा लगायत भिन्न बिद्यालयका शिक्षक प्रतिनिधि तथा बिद्यार्थीहरुको सहभागिता रहेको थियो ।