मँसिर २५ गौरीगञ्ज । निजि तथा आवासीय बिद्यालयहरुको छाता सँगठन प्याब्सन गौरीगञ्जको पालिका स्तरिय गायन तथा नृत्य प्रतियोगीता आज देखि गौरीगञ्ज १ कुञ्जीवारी बजारमा शुरु भएको छ । कुञ्जीवारी स्थित न्यु युनिभर्सल एकेडेमीमा शुरु भएको नृत्य तथा गायन प्रतियोगिताको पहिलो दिन आज तिन वटा बिधाको प्रतिस्पर्धा सम्पन्न भएको छ । १२ बर्ष मुनीका बिद्यार्थीहरुको गायन, १२ बर्ष भन्दा माथिका बिद्यार्थीहरुको गायन र राष्ट्य गान तर्फको नृत्य प्रतिस्पर्धा सम्पन्न भएको हो ।

राष्ट्रिय गान नृत्य प्रतिस्पर्धामा देबकोटा माबि प्रथम भएका छन् भने क्रिमसन स्कुल दोश्रो र युनिभर्सल एकेडेमी तेश्रो भएका छन् । त्यसैगरि १२ बर्ष भन्दा मुनीका बिद्यार्थीहरुको गायन प्रतिस्पर्धामा ज्ञानोदय माबि प्रथम, क्रिमसन स्कुल दोश्रो र स्नोह्वाइट स्कुल तेश्रो भएका छन् । १२ बर्ष भन्दा माथिमा बिद्यार्थीहरुको गायन प्रतिस्पर्धामा ज्ञानकुञ्ज एकेडेमी प्रथम, ज्ञानोदय माबि दोश्रो र क्रिमसन स्कुल तेश्रो भएका छन् । बिजेता बिद्यनलय तथा बिद्यार्थीहरुलाइ ट्रफी, प्रमाणपत्र तथा मेडल सहित पुरस्कृत गरिएको छ ।

प्याब्सन गौरीगञ्जका अध्यक्ष श्याम नारायण राजवँशीको सभापतित्वमा आयोजित कार्यक्रममा गौरीगञ्ज वडा नँ १ का वडाध्यक्ष कार्तिकलाल राजवँशी, प्वाब्सन झापाका उपाध्यक्ष जनार्दन ढकाल, प्याब्सन झापा गाउँपालिका अध्यक्ष नवराज सुवेदी लगायतको उपस्थिती रहेको थियो । गायन प्रतियोगीता तर्फ निर्णायक भुमिकामा सँगीतकर्मी दीपक रायमाझी थिए भने नृत्य प्रतियोगीताका लागि निर्णायक भुमिकामा कोरीयोग्राफर इश्वरी सिग्देल रहेका थिए । प्रतियोगीताको दोश्रो दिन भोली सोमबार आधुनिक तथा लोक नृत्य प्रतिस्पर्धा हुनेछ ।