मँसिर २६ गौरीगञ्ज । निजि तथा आवासिय बिद्यालयहरुको छाता सँगठन प्याबसन गौरीगञ्ज द्वारा आयोजित दुइदिने गायन तथा नृत्य प्रतियोगिता सम्पन्न भएको छ । कार्यक्रमको दोश्रो दिन आज कक्षा ५ सम्मका बालबालिकाहरुको आधुनिक नृत्य प्रतियोगिता तथा कक्षा ६ देखि १० सम्मका बालबालिकाहरुको लोक साँस्कृतिक नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।

कक्षा ६ देखि १० सम्मका बालबालिकाहरुको लोक तथा साँस्कृतिक नृत्य प्रतियोगितामा स्नोहवाइट स्कुल र देबकोटा माबि प्रथम भएको छ । त्यसै गरि क्रिमसन स्कुल दोश्रो र ज्ञानोदय माबि तेश्रो भएको छ ।

कक्षा ५ सम्मको आधुनिक नृत्य तर्फ स्नोह्वाइट स्कुल प्रथम सनसाइन स्कुल दोश्रो र ज्ञानोदय माबि तेश्रो भएको छ ।

कक्षा ६ देखि १० सम्मका बिद्यार्थीहरुको लोक तथा साँस्कृतिक नृत्य तर्फको नतिजामा त्रुटी देखिएपछी केहिबेर बिबाद देखिएको थियो । नृत्यका जुडी मेम्बरहरु नृत्यकर्मी नगेन्द्र राइ र चन्द्र तामाङले प्रत्येक नृत्यहरुलाइ अँकभार प्रदान गरिसकेपछी गोपाल ढँगेलको सँयोजकत्वमा बनेको निर्णायक समितीले जुडी मेम्बरहरुले प्रदान गरेको अँक जोड्न त्रुटी गरेपछी बिबाद भएको हो । सँयोजक ढुँगेलले लोक तथा साँस्कृतिक नृत्य प्रतियोगितामा देबकोटा माबि प्रथम भएको घोषणा गरि पुरस्कार समेत बितरण गरिएको थियो तर पछी जुडी मेम्बरहरुले प्रदान गरेको अँकभार जोड्दा देबकोटा माबि भन्दा स्नोह्वाइट को अँकभार बढी भएको देखिएपछी बिबाद भएको थियो । बिबाद पछी बसेको निर्णायक समितीको बैठकले हाललाइ दुबै बिद्यालयलाइ प्रथम घोषणा गर्ने निर्णय गरेको कुरा प्याबसन गौरीगञ्जका सचिब गोपाल राजवँशीले बताएका छन् ।

प्रतियोगिताको पहिलो दिन हिजो जुनियर गायन तर्फ ज्ञानोदय प्रथम,क्रिमसन दोश्रो र स्नोह्वाइट तेश्रो भएको थियो भने सिनियर गायन तर्फ ज्ञानकुञ्ज प्रथम , ज्ञानोदय दोश्रो र क्रिमसन तथा देबकोटा माबि तेश्रो भएको थियो । त्यसँगरि राष्ट्रिय गीत नृत्य तर्फ देबकोटा प्रथम, क्रिमसन दोश्रो र युनिभर्सल तेश्रो भएको थियो ।