३२ साउन, काठमाण्डौ । आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थमा प्रतिलिटर १ रुपैयाँका दरले मुल्य बढाइएको निगमले जनाएको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो ।
खाना पकाउने एलपी ग्याँस र हवाई इन्धनमा भने कुनै मूल्य परिवर्तन नगरिएको निगमले जनाएको छ।
भारतबाटै आउने तेलको मूल्य बढेर आएकाले समायोजन गराउने निर्णय गरिएको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।
प्रतिक्रिया लेख्नुहोस्