प्याट्रोल, डिजेल र मट्टितेलको मूल्य लिटरमा १० रुपैयाँ घट्यो 

जेठ १९, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले प्याट्रोल, डिजल र मट्टितेलको प्रतिलिटर १० रुपैयाँ मूल्य घटाएको हो ।

घटेको मूल्य बिहीबार राति १२ बजेदेखि लागू हुने छ । अर्थले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र पठाई मूल्य समायाेजन गर्न भनेअनुरुप निगम संचालक समितिको बैठकले मूल्य घटाएको हो । अब पेट्रोलकाे मूल्य प्रतिलिटर १७० रुपैयाँ पर्नेछ । डिजेल र मट्टितेलकाे मूल्य प्रतिलिटर १५३ रुपैयाँमा झरेको छ ।

अघिल्लो लेखमागौरीगञ्जका एक सहित मोटरसाइकल चोर्ने गिरोह पक्राउ
अर्को लेखमाकिरात राई यायोक्खा द्वारा गौरीगञ्जका नवनिर्वाचित जनप्रतिनिधि हरुलाई सम्मान