मँसिर १४ गौरीगञ्ज । आर्थिक अभाबका कारण बच्चालाइ पोषणयुक्ता खानेकुराको अभाब झेल्दै आएकी एक सुत्केरीलाइ गौरीगञ्ज गाउँपालिकाले बाच्छो सहितको दुध दिने गाइ उपहार दिएका छन् । गौरीगञ्ज वडा नँ ४ सुकुम्बासी टोलकी रबिना ताजपुरियालाइ आज गौरीगञ्ज गाउँपालिकाले घरमै पगेर गाइ उपहार दिएका हुन् ।

गाउँपालिका अध्यक्ष फुलबती राजवँशी उपाध्यक्ष पुजन न्यौपाने कुँवर वडाध्यक्षहरु फेका गिरी र श्रवण गिरी तथा कार्यपालिका सदस्य सन्तलाल ताजपुरिया लगायतका सदस्यहरुको उपस्थितीमा सुत्त्केरी ताजपुरियालाइ रु ३३ हजार मुल्य बराबरको गाइ उपहार दिएका छन् ।

दुइ महिना अघि ताजपुरियाले एकैपटक तिनवटा बच्चा जन्माएकी थिइन । तिनवटा सन्तान एकै पटक स्याहार्न गार्हो हुने र पोषणयुक्त खानाको अभाव देखेर नै गाउँपालिकाले गाइ उपहार दिने निर्णय गरेको कुरा गाउँपालिका उपाध्यक्ष पुजन न्यौपाने कुँवरले बताएकी छन् ।
गाइको दुधबाट आमा र बच्चा दुबैलाइ पोषण युक्त आहारा प्राप्त हुने उनले बताएकीछन् ।