मँसिर २९, काठमाडौं । नेपाल आयल निगमले ईन्धनको मुल्य घटाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलको भाउ प्रतिलिटर ३ रुपैयाँ घटाएको हो ।


आज शुक्रबार मध्यरात देखि लागू हुने गरी निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । मुल्य घटे सँगै अब पुर्बमा पेट्रोलको मूल्य १६४ रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टितेलको मूल्य १५४ रुपैयाँ ५० पैसा कायम भएको र काठमाडौं लगायतको क्षेत्रमा पेट्रोल प्रतिलिटर रु १६७ रुपैयाँ र डिजेल मट्टितेल रु १५७ रुपैयाँ प्रतिलिटर तथा सुर्खेत र दाङ लगायतका क्षेत्रमा पेट्रोल प्रतिलिटर रु १६६ रुपैयाँ र डिजेल मट्टितेल प्रतिलिटर रु १५६ कायम भएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।