पेट्रोलियम पदार्थमा फेरि मूल्यवृद्धि, ग्यासको मुल्य प्रति सिलिण्डर २ हजार १ सय दस

पढ्न समय: 1 मिनेट

असोज १३, काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

आज शनिबार मध्यराति देखि लागु हुने गरी पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्यासमा प्रतिलिटर २१५ रुपैयाँ बढाउने निर्णय गरेको हो । त्यस्तै हवाइ इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुबैमा प्रतिलिटर ८ रुपैयाँ बढाइएको छ । यो सँगै पुर्वमा पेट्रोलको मूल्य १८४ रुपैयाँ र डिजेल मट्टितेल को मुल्य रु १७७ रुपैयाँ ५० पैसा प्रति लिटर पुगेको छ भने खाना पकाउने ग्यासको मुल्य प्रति सिलिन्डर रु २ हजार १ सय १० पुगेको छ ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्