असार ६, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धी गरेको छ ।

निगम सञ्चालक समितिको बैठकले डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँले र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले मूल्य वृद्धि गरेको हो । बढेको मूल्य गएराति १२ बजेदेखि लागु भएको निगमले जनाएको छ ।

मुल्य बृद्धि भएसँगै अब एक लिटर पेट्रोलको मूल्य १९९ रुपैयाँ पुगेको छ भने प्रति लिटर डिजेल र मट्टीतेल को मुल्य १९२ रुपैयाँ पुगेको छ ।‌